Monday, November 28, 2011

बाँच्ने कला (Art of living)


D.r. Parajuli......
·         Life is foreign language Everyone mispronounced it.
·         Dance as though no one is watching you, Live as though heaven is on earth.
·         Each day of our life should be lived as though it is the very last day.
·         Our mind usually works in the ‘Me before yo’and creates conflict, disharmony and pain.
To achieve harmony,peace and happiness, we must alter this motivation.
·         True peace, happiness and fulfillment can be found in any external relationship,
People, possessions or circumstances.

एकजना प्रोफेसरले आफ्नो दर्शन (Philosophy) को कक्षा अध्यापन गर्न एउटा ठूलो प्लास्टिकको जारमा क्रिकेटको बलले भरेर विधार्थीलाई प्रश्न सोधे, के यो जार भरि छ ? विधार्थीले सहमति जनाए, त्यसपछि प्रोफेसरले ढुंगाहरु लिएर उक्त जारमा खनाएर हल्लाए , जारको खाली ठाउँमा गएर उक्त ढुंगा बसे , प्रोफेसरले पुन : त्यही प्रश्न दोहोराए , फेरि पनि सबै विधार्थी साहमत भए
यसै क्रममा प्रोफेसरले बालुवालाई जारमा खन्याई हल्लाउन थाले बालुवा पनि जारमा रहेको खाली ठाउँमा गयो , प्रोफेसरले पुन : जार भरिएको छ कि छैन भनि प्रश्न गरे त्यसपछि विधार्थीहरु मुसुमुसु  हाँस्दै सहमति जनाए, अन्तिममा प्रोफेसरले आफ्नो आगाडिको टेबुलमा रहेको दुई कप चिया खन्याए जसलाई बालुवाले तुरुन्तै सोस्यो
प्रोफेसरले उक्त क्रियाकलापलाई वर्णन गर्दै भने यो जारले तिम्रो जीवनको प्रतिनिधित्व गर्दछ क्रिकेट बलले जीवन संचालन गर्न अत्यन्त महत्वपूर्ण चिजहरु जस्तै अध्यन,परिवार, बालबच्चा, स्वास्थ्य, साथी आदिको प्रतिनिधित्व गर्दछ ढुंगाले तिम्रो जीवनको लागि आवश्यक जागिर,घर,गाडीलाई शुचित गर्दछ, र बालुवाले वाहियात कुराहरु जुन जीवनको लागि आवश्यक छैनन र जीवन नै बेकार बनाउछन प्रतिनिधित्व गर्दछ
उनले भने यदि तिमीले पहिले बालुवा यो जारमा हालेको भए ढुंगा, क्रिकेट बलका लागि कुनै पनि ठाउँ हुदैनथ्यो त्यसैले सबैभन्दा पहिले आफ्नो जीवनको लागि अति नै महत्वपूर्ण चीज जस्तै तिम्रो अध्यन, परिवार,साथी आदिलाई प्राथमिकता दिनुपर्छ , यदि तिमीले सारा समय वाहियात कुरामा बितायौ भने साँच्चै नै तिम्रो जीवन दु:खदपूर्ण हुन्छ विधार्थीहरुले अति उत्सुकताका साथ सोधे त्यो दुई कप चियाले के संकेत गर्दछ ? प्रोफेसरको जवाफ थियो – तिमीले आफ्नो जीवन जति नै पूर्ण छ भने पनि त्यो पूर्ण हुन् सक्दैन त्यसमा दुई कप चिया अट्ने ठाउँ बाँकी रहन्छ

·         In life , the journey is more important than the destination,
and you never have to worry about missing your exit.
·         Life’s  challenges are not supposed to paralyses you, they’re supposed to
help you discover who you are.
·         In life, understand that the wisdom and effect of any decision can change with time and context.

अहिले हामी कैदी जस्तै छौ हामीले यो सुनौलो जीवनलाई पशुको भन्दा पनि घटिया बनाएका छौ हामीले आजैदेखि अरुको भन्दा फरक किसिमको जीवनको शुरुवात गर्नुपर्छ यो क्रममा पहिलेका पुराना स्वभावहरू हावी भएकाले प्रगति गर्न हामी असमर्थ रहन्छौ स्मरण रहोस् संसारमा एउटा यस्तो चिज छ जसलाई परिवर्तन गर्न साह्रै गाह्रो हुन्छ त्यो हो स्वभाव (Habit)
Habit  बाट
H निकाल्दा (हटाउदा) abit (केहि) बाँकी रहन्छ
A निकाल्दा (हटाउदा) bit (केहि) बाँकी रहन्छ
B निकाल्दा (हटाउदा) it (यो हो) बाँकी रहन्छ
I निकाल्दा (हटाउदा) t बाँकी रहन्छ अंग्रेजी वर्णमाला t सबै भन्दा बढी प्रयोग हुने अक्षर हो
मानिसको स्वभाव सामान्य र परिवर्तन विरोधी हुन्छ किनकि त्यसको परिवर्तनले दु:ख उत्पन गराउँछ परिवर्तनको परिणाम राम्रो होस् वा नराम्रो भए पनि यसले तनाव बढाउँछ , स्वभावलाई द्रिड इच्छाशक्तिद्वरा परिवर्तन गर्न भने सकिन्छ
एकजना कैदीले आफ्नो सबै सजाय भोगिसकेपछि उसलाई जेलको कालकोठरीबाट बाहिर घाम लागेको खुल्ला ठाउँमा ल्याउदा ऊ अझै चिन्तित भयो र फेरि जेलको अँध्यारो कोठामा जान पाउँ भन्ने इच्छा व्यक्त गर्यो , उसले स्वतन्त्रताको खुल्ला संसारमा परिवर्तित रुपले आफुलाई प्रस्तुत गर्न भन्दा बरु अँध्यारो कोठा र हातकडीमा नै सुरक्षा र आरमको अनुभव गरिरहेको थियो किनकि उसलाई त्यही बानी पारेको थियो
मान्छेले तपाइले गरेका कामका आधारमा तपाइँको मूल्यांकन गर्नेछन राम्रो काम गरे राम्रो मूल्यांकन गर्नेछन् भने नराम्रो काम गरे नराम्रै मूल्यांकन गर्नेछन तपाइँ जहिले पनि नकारात्मक संम्वेगबाट टाढा बस्नुहोस आफ्ना साना गल्तीलाई कहिल्यै बेवास्ता नगर्नुहोस् तपाइँलाई थाहै छ एउटा सानो आगोको फिलिङ्गोले कति खराब गर्न सक्छ ? एउटै गल्तीलाई कहिल्यै नदोहोर्याउनुहोस

·         it is your action of today that will create your destiny of tomorrow. Act consciously.
·         Yesterday is only a memory. Tomorrow  is only a vision. Today is your life. Live today well.
·         Past is history, future is mystery. Present is a gift. That’s why it is called a present.
·         As you go through your life and its many relationship, do not carry the yesterday into  the today and the today into the tomorrow. Just be wherever you are in the moment fully.
·          Learn the positive and inspiring lesson form the past. Then, let it go and take care of the present. The future will take care of  itself.
·         Do not live your life in the ‘what was’ or ‘what will be’. Live life in ‘what it is.’
·         Many of us choose to live in the fantasy of ‘what might happen’ and in the ghost of ‘what has happened.’ Thus, we overlook the reality of ‘what is happening.’
·         It is better to accept what is happening now, and plan to create change, rather than get disturbed over what should have happened but didn’t.    

हाम्रो जीवनको स्वर्णिम भोलि आजमा निर्भर छ , भविष्यलाई उज्वल बनाउने आकांक्षा यदि हाम्रो मनमा छ भने आजलाई सिंगार्नु पर्दछ स्वर्णिम भविष्यको महलको पर्खाल आज हो, आजलाई बनाउनुहोस त्यसका लागि एउटा डायरीको निर्माण गर्नुहोस, साँझ सुत्ने बेला त्यस दिन गरेका राम्रा कार्यको सुची बनाउनुहोस र बिहान उठेपछि त्यस दिन गर्ने कार्यको सुची तयार गर्नुहोस तपाइँको विगत गइसकेको छ, भविष्य आउन बाकी नै छ , अहिले तपाईसग रहेको क्षणलाई प्रश्नतापुर्वक व्यतित गर्नुहोस् यसको मूल्य थाहा पाउनुहोस , यसो गर्दा सफलता तपाईको हातमा आउँछ
वास्तवमा हामीले धनसम्पति (भौतिक) कमाउनुलाई सफलता मान्छौ तर होइन , तपाइँलाई थाहै होला संसार विजय गर्ने सम्राट अलेक्जेन्डरले भनेका थिए कि म मरेपछि दाहसंस्कार गर्न लैजादा मेरा दुवै हात बाहिर निकाली दिनु जसले गर्दा सारा संसारलाई थाहा हुनेछ कि मरेपछि मानिसले केहि चिज पनि आफुसग लैजादैन तर हाम्रो समाजमा धन सम्पतिकै लोभमा परेर मट्टीतेल खन्याएर आफ्नी श्रीमतीलाई जिउँदै जलाइन्छ , अंश वण्डामा चित्त नबुझ्दा दाजु भै काटाकाट हुन्छ , धन सम्पतिकै लालचमा आफ्ना बाबु आमाको मृत्युको पुकार गरिन्छ या बृद्ध आश्रममा पठाइन्छ , यस्ता मानिसहरु कसरि मानव हुन् सक्छन् , यिनीहरु धर्तीका बोझ अनि पशु हुन्



·         When you die, what will you take with yourself? Contemplate on this!
·         Someone’s wrong action towards us does not
·         Justify our wrong reaction towards them
·         Real beauty eventually lies in simplicity. See how simple the earth
Is,  is she not also true beautiful ?


एकदिन ओशोको लकेट (Locate) लगाएर एकजना उनको चेलाले बार मा बसी रक्सी खाइरहेको अर्को चेलाले देख्यो , त्यो चेला अचम्मित भयो र मनमनै सोच्न थाल्यो कि यति ठूलो गुरुको चेला भएर पनि उसमा गुरुको प्रभाव नपरेको , त्यो चेला ओशोको नजिक गएर भन्यो – गुरुदेव, तपाइँको एकजना अनुयायी (Follower) बारमा रक्सी खाइरहेको मेरो आँखाले देख्यो यसमा गडबडी छ ? ओशो मुसुक्क हाँसे र भने तिमी र ममा यहि फरक छ , तिमीले प्रत्येक चिजलाई नकारात्मक कोणबाट हेर्छौं तिमीले सकारात्मकतामा नकारात्मकता देख्दछौं त्यसैले तिमी अनुयायी हौ , तर मैले प्रत्येक नकारात्मक चिजलाई सकारात्मक दृष्टिकोणले हेर्दछु त्यसैले म गुरु हुँ यदि मेरो अनुयायी मध्य कोही जड्या भयो भने त्यहाँ मेरो बेइजत हुदैन , यसले त मेरो हितमा कार्य गर्दछ , वास्तवमा एकजना जड्याले मेरो प्रवचन सुनेर रुपान्तरण (transformation) हुने प्रयत्न गर्नु कसरी नराम्रो हुन सक्छ ? वास्तवमा हामीसँग फूलको आँखा हुनुपर्छ, काँडाको होइन

  • You can complain because roses have thorns or you can rejoice
     because thorns have roses
  • Be positive,think positive,do positive.
एकदिन द्रोणाचार्यले युधिष्ठिर र दुर्योधनलाई आफ्नो आश्रममा बोलाए। उनले युधिष्ठिरलाई संसारको सबैभन्दा खराब मान्छे खोजेर ल्याउन भने र दुर्योधनलाई संसारको सबैभन्दा सज्जन मान्छे। युधिष्ठिर र दुर्योधन दुवै सारा संसार खोज्दै हिंडे। र फर्कने बेलामा दुवैजना रित्तो हात फर्के। यो देखेर द्रोणाचार्यले युधिष्ठिरलाई सोधे किन तिमी रित्तो हात फर्केको? युधिष्ठिरको जवाफ थियो - मैले सारा संसारमा खोज्दा सबै मान्छेहरु मलाई सज्जन लाग्यो। एकजना पनि खराब मान्छे भेट्न सकिन, गुरुदेव।यसैले रित्तो हात फर्केको। द्रोणाचार्यले युधिष्ठिरलाई नै सोधेको प्रश्न दुर्योधनलाई पनि सोधे। दुर्योधनले भन्यो - म सारा संसार डुल्दा सबै मान्छे चोर,डाँका, खराब मात्र भेंटे। मैले एकजना पनि सज्जन मान्छे भेट्न सकिन। यहि नै हो दृष्टिकोण। संसारलाई हेर्ने दुइवटा दृष्टिकोण हुन्छन - सकारात्मक र नकारात्मक। ह्स्मिल्र जहिले पनि नकारात्मक दृष्टिकोणबाट संसारलाई परिभाषित गरेकै कारण असफलता हात पर्यो। जतिसुकै बिग्रेको प्रणाली वा वस्तुमा पनि केहि न केहि सबल र सकारात्मक पक्ष हुन्छ। एउटा बिग्रेको घडीमा पनि एकदिन (२४ घण्टा) मा दुवै पटक सहि समय दिने सामर्थ्य हुन्छ। तपाइले थाहा पाउनै पर्छ - २० औं शताब्दीले २१ औं शताब्दीलाई दिएको उपहार हो प्रसंसनीय दृष्टिकोण (Appreciative inquiry) जसले असफलताको मूल कारण खोज्नुको सट्टा सफलताका मूल कारण खोज्छ

एकजना डाक्टरलाई जड्याहाको समूहमा सम्बोधन गर्न बोलाइएछ। उनले सम्बोधनमा एउटा यस्तो नमुना प्रस्तुत गर्न चाहिरहेका थिए जसबाट उनीहरुको जाँड खाने बानीमा सुधार होस्। उनले दुइवटा काँचको गिलासमा एउटामा सुद्ध पानी र अर्कोमा रक्सी (अल्कोहल) भरेछन्। उनले सफा पनि हालेको गिलासमा जुका हालेछन्। त्यो सजिलैसँग तर्दै माथितिर आएछ। फेरी उनले त्यहि जुकालाई अल्कोहलले भरेको गिलासमा राख्दा उक्त जुका मरेछ। यो प्रदशन गरिसकेपछि उनले सोधे - "यसबाट तपाईहरुले के शिक्षा हासिल गर्नुभयो ? " तिहिहरु मध्ये एकजना उठेर भनेछ - रक्सी खाएपछि हाम्रो पेटभित्र रहेका हानिकारक किराहरु मर्दा रहेछन त्यसैले रक्सी खानु त राम्रो रहेछ।कतै हामीपनि जड्याहाहरुले बोकेको जस्तै नकारात्मक सोच बोकेका त छैनौ

  • A basic thing we learn in childhood is to look both ways before crossing  
     the streets.As we grow older, we tend to forget this wisdom of 
            looking both ways in your life.

  • There are always two ways of looking at things.You can see how wrong
    the thing are outside you or you can see how wrong the things are inside you.

  • Spend your time in pushing yourself up, not in pulling others down.

No comments: