Sunday, November 13, 2011

मेरो परिचय लक्ष्य "बिनय"

नमस्कार,म बिनय सुबेदी मलाई मेरो आफन्त र साथीहरुले चिन्ने नाम लक्षुमन, मेरो घर स्यांग्जा जिल्लाको आरुखर्क गाबिस मा अबस्थित छ,मेरो नजिकको शहर पोखरा हो र हाल म दुबैको आबुधाबीमा कार्यरत छु।सन्.2008 वि.स २०६४ पौस महिनामा यू.ए.ई अर्थात् युनाइटेड अरब इमिरेट्स(दुवै)को आबुधाबी मा मेरो दाजुको मार्फत आउन पुग्दा,यहाको कार्य-कालमा त्यति आर्थिक लाभ उठाउन नसके पनि बौद्धिक रुपमा भने मैले धेरै कुराहरु सिक्न सफल भए।जीवनमा अनेकौ ठक्करहरु खाई,ति दर्दनाक भोगाईहरु,अतितका तिता-मिठा पलहरु अनि कठिन परिस्तिथिहरुको सामना गर्दै आज कैयौ बसन्तहरु पार गरि यहा सम्म आइपुग्दा मलाई ज्ञान भएको छ कि जिबन एउटा लक्ष्य हो,त्यो लक्ष्यसम्म पुग्ने हामि यात्री हौ।यात्रीहरु चल्नको लागि एउटा पथ बनाएको हुन्छ,यदि हामि त्यो पथबाट चल्न जान्यौ भने हामी अबश्य नै आफ्नो लक्ष्यमा पुग्न सक्छौ।यदि हामी life track या न कि जिबनपथमा चल्दा केहि गल्तीहरु गर्यौ भने अबश्य नै त्यहाँ केहि घटनाहरु घटन सक्छन। जिबन एक छ तर मोड दुई छन्,सहज र कठिन यो हामीले तय गर्नु छ कि जिबन सहज मोड तिर लैजाने या कठिन,यस्तै क्रममा जिबनका विभिन्न घटनाक्रमहरुलाई आगल्दै यहाँहरु सामु मेरो पहिलो ब्लग(जिबनको उकाली-ओराली) लिएर उपस्थित भएको छु।यो मेरो सुरुवात भएको हुनाले मलाई थाहा छ यस ब्लगमा धेरै कुराहरु अधुरा,अपुरा छन्। यसमा देखिएका कमिकमजोरी र त्रुटिहरुलाई म सुधार्दै लैजाने छु।त्यसको लागि यहाँहरुको सल्लाह र सुझावको आवश्यकता पर्दछ।धन्यबाद ......

No comments: