Monday, November 28, 2011

बाँच्ने कला (Art of living)


D.r. Parajuli......
·         Life is foreign language Everyone mispronounced it.
·         Dance as though no one is watching you, Live as though heaven is on earth.
·         Each day of our life should be lived as though it is the very last day.
·         Our mind usually works in the ‘Me before yo’and creates conflict, disharmony and pain.
To achieve harmony,peace and happiness, we must alter this motivation.
·         True peace, happiness and fulfillment can be found in any external relationship,
People, possessions or circumstances.

एकजना प्रोफेसरले आफ्नो दर्शन (Philosophy) को कक्षा अध्यापन गर्न एउटा ठूलो प्लास्टिकको जारमा क्रिकेटको बलले भरेर विधार्थीलाई प्रश्न सोधे, के यो जार भरि छ ? विधार्थीले सहमति जनाए, त्यसपछि प्रोफेसरले ढुंगाहरु लिएर उक्त जारमा खनाएर हल्लाए , जारको खाली ठाउँमा गएर उक्त ढुंगा बसे , प्रोफेसरले पुन : त्यही प्रश्न दोहोराए , फेरि पनि सबै विधार्थी साहमत भए
यसै क्रममा प्रोफेसरले बालुवालाई जारमा खन्याई हल्लाउन थाले बालुवा पनि जारमा रहेको खाली ठाउँमा गयो , प्रोफेसरले पुन : जार भरिएको छ कि छैन भनि प्रश्न गरे त्यसपछि विधार्थीहरु मुसुमुसु  हाँस्दै सहमति जनाए, अन्तिममा प्रोफेसरले आफ्नो आगाडिको टेबुलमा रहेको दुई कप चिया खन्याए जसलाई बालुवाले तुरुन्तै सोस्यो
प्रोफेसरले उक्त क्रियाकलापलाई वर्णन गर्दै भने यो जारले तिम्रो जीवनको प्रतिनिधित्व गर्दछ क्रिकेट बलले जीवन संचालन गर्न अत्यन्त महत्वपूर्ण चिजहरु जस्तै अध्यन,परिवार, बालबच्चा, स्वास्थ्य, साथी आदिको प्रतिनिधित्व गर्दछ ढुंगाले तिम्रो जीवनको लागि आवश्यक जागिर,घर,गाडीलाई शुचित गर्दछ, र बालुवाले वाहियात कुराहरु जुन जीवनको लागि आवश्यक छैनन र जीवन नै बेकार बनाउछन प्रतिनिधित्व गर्दछ
उनले भने यदि तिमीले पहिले बालुवा यो जारमा हालेको भए ढुंगा, क्रिकेट बलका लागि कुनै पनि ठाउँ हुदैनथ्यो त्यसैले सबैभन्दा पहिले आफ्नो जीवनको लागि अति नै महत्वपूर्ण चीज जस्तै तिम्रो अध्यन, परिवार,साथी आदिलाई प्राथमिकता दिनुपर्छ , यदि तिमीले सारा समय वाहियात कुरामा बितायौ भने साँच्चै नै तिम्रो जीवन दु:खदपूर्ण हुन्छ विधार्थीहरुले अति उत्सुकताका साथ सोधे त्यो दुई कप चियाले के संकेत गर्दछ ? प्रोफेसरको जवाफ थियो – तिमीले आफ्नो जीवन जति नै पूर्ण छ भने पनि त्यो पूर्ण हुन् सक्दैन त्यसमा दुई कप चिया अट्ने ठाउँ बाँकी रहन्छ

·         In life , the journey is more important than the destination,
and you never have to worry about missing your exit.
·         Life’s  challenges are not supposed to paralyses you, they’re supposed to
help you discover who you are.
·         In life, understand that the wisdom and effect of any decision can change with time and context.

अहिले हामी कैदी जस्तै छौ हामीले यो सुनौलो जीवनलाई पशुको भन्दा पनि घटिया बनाएका छौ हामीले आजैदेखि अरुको भन्दा फरक किसिमको जीवनको शुरुवात गर्नुपर्छ यो क्रममा पहिलेका पुराना स्वभावहरू हावी भएकाले प्रगति गर्न हामी असमर्थ रहन्छौ स्मरण रहोस् संसारमा एउटा यस्तो चिज छ जसलाई परिवर्तन गर्न साह्रै गाह्रो हुन्छ त्यो हो स्वभाव (Habit)
Habit  बाट
H निकाल्दा (हटाउदा) abit (केहि) बाँकी रहन्छ
A निकाल्दा (हटाउदा) bit (केहि) बाँकी रहन्छ
B निकाल्दा (हटाउदा) it (यो हो) बाँकी रहन्छ
I निकाल्दा (हटाउदा) t बाँकी रहन्छ अंग्रेजी वर्णमाला t सबै भन्दा बढी प्रयोग हुने अक्षर हो

Sunday, November 27, 2011

नेपाली भिडियो गीत

सिम्पल-सिम्पल कान्छीको डिम्पल गर्ने गाला (दिपक लिम्बु र अन्जु पन्त)अन्दाज मुबी 

 



खोली तरौला(राजु गुरुङ,शंकर विरही गुरुङ र मुना थापाको स्वरमा )


                        छक छके रेलको इन्जीन ( शंभु राई,कला राई र पार्वती राईको स्वरमा ) 


यो संसार को रीत स्वर - मुना थापा मगर र रामजी खांड


बोल - सरुमै रानी,एल्बम - कहाँ छौ निरमाया ,स्वर - स्मृति पुन 


Wednesday, November 23, 2011

कम्प्युटर भाईरस(Computer virus)


कम्प्युटरको कार्यप्रणाली पूर्णरुपमा कम्प्युटर प्रोग्राम सग निर्भर रहेको हुन्छ,अनेकौ प्रकारका कार्यहरु गर्नको लागि विशेष प्रोग्राम को प्रयोग गरिन्छ, विज्ञानको आविष्कार मानव सभ्यताको लागि वरदान को साथ-साथै कहिले-काहीँ यो अभिशाप पनि बन्न पुगेको छ कुनै पनि ज्ञान-विज्ञानको वरदान या अभिशाप, यसको उपयोग मानव जातीको उत्थानको लागि भएको छ या यसको पतन,नास गर्नको लागि,

पुनीत विचार


न रोकिनु होस् चल्दै रहनु होस्
न निभ्नुस,बल्दै रहनुहोस्
समुन्द्रको लहरझैँ हरेक क्षण-मचल्दै रहनुहोस
जस्तै समय आए पनि नडराउनु होस्
समय अनुसार आफुलाई बदल्दै रहनुहोस

जिन्दगीमा सम्झनाहरु अवश्य बनाउनु
तर सम्झनाको जिन्दगी कहिल्यै नबनाउनु

के गर्छ माया उसले ईमानसग
के गर्छ माया उसले भगवानसग
जन्म लिएर काखमा मानवको
गर्न सक्दैन माया उसले मानवसग

जसका महलमा जल्दथे हजारौँ रंगका बत्तीहरु
भुइँ झर्न नपाउदै मानिन्थे सबै अर्तिहरू
समयको फेरसगैँ आज फेरिएको छ सबै
छैनन कुनै चिनोहरु,कहाँ पुगे ती बस्तीहरु

खुशीका साथ संसारमा हजारौ पिर-चिन्ताहरू पनि हुन्छन
जहाँ बज्दछन् बाजाहरु त्यहाँ रुवाबासीहरु पनि हुन्छन

संसारलाई सुधार्ने चिन्तामा,नबोक चिन्ताको भार
यो मन नै संसार हो,पहिला यसलाई सुधार
भगवान सग नमाग,तिमी आफुलाई नै सक्षम बनाऊ
तिमि आफै नै सूर्य हौ,अँध्यारोसग नडराऊ

सबै साथी छन् आफ्नै मतलबका,संसारमा तिम्रो कोहि छैन
सुखमा यहाँ सबै साथी छन्, दुख पर्दा तिम्रो कोहि छैन

सबै हाँसीहाँसी आँऊदछन्, जबसम्म चार पैसा गोजीमा छ
सोध्दैनन दुख पर्दा यहाँ, ओहो तिमीलाई कस्तो छ

जिन्दगीको यात्रामा,यहाँ को कसको हुन्छ
जो माथि बिश्वास हुन्छ,उसैबाट धोका हुन्छ

              समर्पण:- श्री पुनीत मुनि जी  "महादेव"

Monday, November 21, 2011

मेरो मन



मेरो साथी मेरो मन,आज मसग नै छैन ,
उडदै छ गगनमा पन्छीसरि मंजिल के हो थाहा छैन
चड्दै छ उकालो, सगरमाथा चुम्नको लागि
 फर्की आउने कैले हो थाहा छैन,
भर्खरै त यहि थियो मेरो मन
क्षणभरमै कहाँ पुग्यो थाहा छैन
पर्खी रहेछु समुन्द्र पारि तर मेरो मन किनारामै अडकी रहेछ,
अहो,कस्तो रहेछ यो मेरो साथी मन,पलभरमै गायब
अब म काँहा खोजु यसलाई,मेरो मन खै काँहा हराईरहेछ 
 मेरो साथी रे यो मन फेरी किन कायरताको बिज उमार्दै छ,
मेरो आत्म रे यो मन फेरी,किन म देखि भाग्दै छ
म धर्तिमा आउदा म सगै आयको थियो रे मेरो मन
तर खै कस्तो हो यो मेरो साथी मन,
सुनेको छु पानी भन्दा पनि पातलो हुन्छ रे यो मन,
हावा भन्दा पनि तेज चल्छ रे यो मन
खै कसरि भयो यो मेरो साथी ,जुन मेरो वसमा नै छैन      

Saturday, November 19, 2011

कम्प्युटर के हो? (What is a Computer?)


संसार मा शायद कम्प्युटरको नाम नसुनेका पढे-लेखेका व्यक्तिहरु विरलै होलान प्राय जसो मानिसहरु कम्प्युटरलाई एक यस्तो मेशीन सम्झन्छन,जसले सबै कार्य गर्न सक्छयस्तो सोच्नु उचित नहोला,तर कम्प्युटरले छोटो समयमा धेरै कुराहरु गर्न सक्छ ! यसमा कुनै शंका छैनहामीले देखिरहेका छौ,यसको सकारात्मक कार्यले गर्दा विश्वमा कम्प्युटरको  माग दिनो दिन बढ्दै गैरहेको छयो शिर्षकमा तपाईहरु जान्नु हुने छ कि वास्तवमा कम्प्युटर भनेको के हो?यसबाट कस्ता प्रकारको कार्यहरु कसरी गराउन सकिन्छ-
सर्बप्रथम,हामीले यो बुझ्नु जरुरी छ कि कम्प्युटर(computer) एक इलेक्ट्रोनिक calculator जस्तै, अर्को एक इलेक्ट्रोनिक मेशीन हो। Calculator मा हामीहरु जोड,घटाउ आदि अंकगणितीय क्रियाहरू गरिन्छ भने कम्प्युटरमा यी क्रियाकलापहरु बाहेक अन्य धेरै किसिमका कार्यहरु सजिलैसग गर्न सकिन्छ यो क्रियाकलापलाई कम्प्युटरको भाषामा या अंग्रेजीमा डाटा प्रोसेसिंग (Data Processing) भन्ने गरिन्छ डाटा प्रोसेसिंगलाई बुझ्नको लागि डाटा को मतलब के हो,यो बुझ्नु अति आवश्यक छ


डाटा (Data)


कुनै वस्तुको बारेमा कुनै तथ्य अथवा जानकारीलाई ‘डाटा’ भनिन्छ उदाहारण को लागि,हामीसग एक पेन छ यसको बारेमा हामीले धेरै जानकारीहरु दिन सकिन्छ जस्तै,पेनको ब्रान्डको नाम,पेनको रंग,पेनको लम्बाई यसको मूल्य आदि,यस्तै प्रकार कुनै बिधार्थीको बारेमा यी कुराहरु जान्न सकिन्छ- नाम,रोल नं., जन्मतिथि,पिता का नाम,कक्ष, लिएको बिषयको नाम घरको ठेगाना आदि डाटाका उदाहरणहरु हुन्
डाटा मुख्य दुई प्रकारका हुन्छन- संख्यात्मक (Numeric) तथा चिन्हात्मक (Alpha-Numeric). अंकहरु (digits) बाट बनेको डाटालाई संख्यात्मक जस्तै ०,१,२,३,४,५,६,७,८,तथा ९ यी दश अंकहरु मिलाएर बनायको डाटा लगायत दशमलव(.),धन(+) ऋण (-) आदि लगाएर बनायको डाटालाई संख्यात्मक र अक्षरहरु तथा अंक सहित कुनै पनि चिन्ह प्रयोग गरि बनाएको डाटालाई चिन्हात्मक(Alpha-Numeric) डाटा भनिन्छजस्तै घरको ठेगाना,कुनै पुस्तकको शिर्षक,पत्र या लेख,कुनै कम्पनीको नाम आदि, त्यसैले  चिन्हात्मक डाटामा जोड,घटाउ आदि गणितीय क्रियाहरू गर्न सकिदैनतर हामी यसको जाच या तुलना(Comparison) गर्न सकिन्छ
उपयोग अनुसार डाटाहरु अन्य प्रकारका पनि हुन्छन,जसको बारेमा म अर्को अभ्यासमा बताउने छु

Tuesday, November 15, 2011

म र मेरो देश




भय र पीडामा पनि कतै-कतै अट्टाहास हाँसो छ 
पाइलैपिच्छे नेपालीले  नेपालीलाई थापेको पासो छ 

निर्दयी बन्यो किन हाम्रो नियति, निष्ठुरी बन्यौ किन हामी
खनेर हेर प्रत्येक चपरीमा आमाको आँशु छ 



              भर्खरै मर्यादा हरण भएको छ 
                सत्य नर्कलोक गएको छ 
              कारण आमाको हत्यारा  यहाँ 
              सधै मर्दछोरा ठहरिएको छ 



    था 'छैन कतिसग मिठो बोले कतिलाई हकारे 
 हिसाब छैन कतिलाई स्वीकारे कतिलाई इन्कारे 
            मथिंगलमा पुरै तनाब भैरहेको बेला 
            नसोध यो जीवनलाई सपारे या बिगारे 



           हिड्नेहरु बाटो काटदैछन  - देखिरहेछु 
          सँगै हिडेकाहरुले जोडी बाधे  - हेरिरहेछु 
               जीवन - यात्रा एउटा चर्खा नै रहेछ 
            पहिले छुटेका साथीहरु क्रमश : भेटिरहेछु     


                       
              अक्सर पिडा बोकिरहन्छ देश 
              प्राय: अतीत खोजिरहन्छ देश 
              सती कै सरापले गर्दा होला 
              अक्सर दमले खोकिरहन्छ देश  


             भ्रष्टाचार देशको अनुहार सिंगार्ने जुँगा भयो 
             जनता त सधै नेता तर्ने डुंगा भयो 
             यो के-कस्तो उन्नति प्रगति हो हजुर ?
             विकास त विपक्षलाई हान्ने ढुंगा भयो 
    


             दुख को झरीसँग वेदना बर्सिरह्यो 
             धमिलो खहरे तलतिर बगिरह्यो 
             बच्न खोजेथे खुबै, चोट पर्नबाट 
             के लाग्छ, अचानोमा जीवन परिरह्यो 




             थुप्रैको यहाँ अँध्यारोमा बास छ 
             प्रत्येक पलमा जीवन टुंगिने त्रास छ 
             जिउंन कसरी ? कठै ! यी नारीहरु 
             हरेक पटक ढुंगाको गास छ 
      

                    धन्यबाद ...बिनय "लक्ष्य" 




                   

             
         



Monday, November 14, 2011

सम्बन्ध व्यवस्थापन (Relation Management)

अहिलेको दुनियामा जसले बढी राम्रो सम्बन्ध स्थापित गर्दछ,त्यही मान्छे सफल भएको हामीले देखेका छौ अध्यनमा सर्वोत्क्रिष्ट भएका मानिसहरु पनि समाजमा सम्मानित भएर बाँच्न सकिरहेका  छैनन किनकि तिनीहरुमा समाजमा रहेका अन्य मानिससँग सम्बन्ध स्थापित गर्ने  राम्रो तरिकाको ज्ञानको कमी हुन्छ ।यहाँ मानिसहरुसगँ राम्रो सम्बन्ध स्थापित गर्न ध्यान दिनुपर्ने कुराहरुको चर्चा गरिएको छ । 
(1) सदैब उदार(generous) हुनुहोस। आलोचनाबाट सदैव टाढा रहनुहोस।तपाइले कसैको आलोचना गर्दै नगर्नुस। आलोचना / विरोधको नियम नै छ, विरोध गर्नेलाई भन्दा बिरोध हुनेलाई फाइदा हुन्छ । संसारमा सबैभन्दा बढी विरोध गरिएको पुस्तक बाइबल हो । अहिले संसारकै सबैभन्दा उत्क्रिष्ठ कृतिमा बाइबल पर्दछ । नकारात्मक भावना राख्ने मानिसले अरुको गल्ती, कमीकमजोरी मात्र खोज्दछन। उनीहरुले मानिसको खोइरो खन्छन् कि मानौ उनीहरुले यो काम गरेबापत पुरस्कार पाउन गैरहेका छन्। यिनीहरुले अरुको राम्रो कुरा देख्दा दुखी हुन्छन। उनीहरुले जिन्दगीको ऐनामा सधै चिरा परेको देख्छन। यदि तपाइले कसैको  विरोध गर्ने हो भने पनि निम्न तिन कुरामा ध्यान पुर्याउनुपर्छ
(क) विरोधको लायक  विरोधी :- तपाइँले जस्तोलाई विरोध गर्नुहुन्छ, संसारले तपाइलाई पनि त्यही फिताले नप्द्छ। 
(ख) विरोधको लायक विषय 
(ग) विरोधको लायक परिस्थिति 
वास्तवमा अरुले गर्ने विरोधसगँ खुट्टा नकमाउनुहोस, नडराउनुहोस  बरु विरोधीलाई मानिस चिन्ने सुनौलो अवसरको रुपमा लिनुहोस। विरोधीलाई हेर्ने तरिका बदल्नुहोस। एकजना स्टीम बोट(steem Boat) निर्माण गरिरहेको बखत व्यावसायिक आलोचकहरुले यो डुंगा बन्दै बन्दैन,तिमीले किन दुख गरेको भनेर उक्त मान्छेलाई निरुत्साहित गरेछन्। डुङ्गा चलेर नदीमा हिड्न थालेपछि उनीहरु चिच्चाएछन् कि यो डुङ्गा कहिल्यै रोकिदै रोकिदैन। हाम्रो समाजमा पनि यस्ता मानिसहरुको जमात ठुलै संख्यामा छ। त्यसैले यस्ता मानिसहरुबाट सधै टाढा बस्नु बेस हुन्छ

सहि आलोचना कसरि गर्ने:-
(i)      सहयोग गर्ने मनसायबाट आलोचना गर्नुहोस 
(ii)     सर्बप्रथम वास्तविकतालाई बुझ्नुहोस। आलोचना गर्न हतार नगर्नुहोस 
(iii)    कसैलाई पनि उसको दोष देखाउनुभन्दा ऊ आफू सुध्रने खालका सुधारहरु गर्न सल्लाह दिनुहोस । 
(iv)    उसलाई गल्ती सचाउँदा हुने फाइदा र गल्ती नसच्याउदा हुने हानिको बारेमा बुझाउनुहोस । 
(v)     अरु मानिसलाई आफ्नो गल्तीको सफाई दिने प्रशस्त अवसर दिनुहोस 
(vi)    आलोचना गर्ने समयमा आफ्नो व्यक्तिगत रीस कहिल्यै  नदेखाउनुहोस 
(vii)   आलोचना गर्नु भनेको औषधि दिनु जस्तै हो । औषधीलाई ठिक मात्रामा दिनु वा लिनु ठिक हुन्छ तर धेरै                               दियो भने हानी हुन्छ, थोरैदियो भने पनि लाग्दैन  
        त्यसैले आलोचना आवश्यकता भन्दा धेरै नगर्नुहोस 
(viii)  कामको आलोचना गर्नुहोस नाकि काम गर्नेहरुको 
(ix)   अरुको सेवा र सहयोग गर्नमा कुनै कन्जुस्याई नगर्नुहोस । जीवनमा हामीले अरुलाई के कति गर्न सक्छौ 
        भन्ने कुराले विशेष महत्व राख्छ । प्राय:जसो मानिसले आफ्नो फाइदाका निम्ति जे गर्न पनि पछि पर्दैन 
        तर अरुको हितका निम्ति उसले आफ्नो जीवनको एक सेकेन्ड पनि खर्च गर्दैन 
(x)    इमान्दार हुनुहोस । तपाइको सम्पर्कमा आएका जोसुकैलाई पनि ऊ संसारको सबैभन्दा महत्वपूर्ण व्यक्ति 
        हो भनी व्यवहार गर्नुहोस । तपाईले अरुलाई जस्तो व्यवहार गर्नुहुन्छ, त्यस्तै व्यवहार तपाईले 
        उनिहरुबाट पाउनुहुन्छ । यदि तपाइले अरुलाई सम्मान दिनुहुन्छ भने तपाइले उनीहरुबाट सम्मान नै 
        पाउनुहुन्छ भने घृणा दिए घृणा नै पाउनु हुन्छ 

  • Art of living is knowing art of giving.
  • Happiness depends on what you can give not what you can get 
(xi)  ध्यानी (meditative)बन्नुहोस । ध्यान अरुसँग राम्रो सम्बन्ध स्थापित गर्ने राम्रो उपाय हो भनी   
       सम्झनुहोस ।
(xii)  आफूप्रति सकारात्मक र थोरै,मिठास शब्दहरु बोल्नुहोस । बोल्नुभन्दा अगाडी तपाइको नियन्त्रणमा 
        जिब्रो रहन्छ भने बोलिसकेपछि पछुताउने ढंगबाट नबोल्नुहोस् ।

Sunday, November 13, 2011

लघु कथा



परिवार

- डा. कपिलदेव लामिछाने

पहिले:- 
सगोलको ठुलो परिवार थियो । सुविधा कम र असुविधा बढी थिए । पढालेखा र समझदार भएकाले एकदिन उसले प्रस्ट शब्दमा आफू छुट्टै बस्न चाहेको कुरा राख्यो । धेरैले जिब्रो टोके ।


– ओह, तैँले छुट्टिने कुरा गरिस् !?


– तँ छुट्टिने ? रामराम कस्ता जमाना आए ! 


– धत् पाजी, बाआमा, दाजुभाउजू सबैका मुखेन्जी यस्तो कुरा गर्दा लाज लागेन तँलाई ?


– कत्ति छटाको हँ ? 


अहिले:-
एकदिन पुराना साथीहरू भेट भए । कुरैकुरैमा ऊ सगोलमै भएको कुरा भयो । साथीहरू छक्क परे । उनीहरूले प्रश्नका झटारा हाने । भने–


– आबुई तँ सगोलमै छस् ?


– त्यत्रो ठुलो परिवारमा कसरी तेरो प्रगति हुन्छ ?


– कसरी तेरो प्राइवेसी रहन्छ ?


– तँ कसरी बाँचेको छस् ?


– खै मैले त पत्याइन बा । ढाँटेको होलास् ।

Basic Computer Components




Computers come in all different shapes and forms (examples: desktops, laptops), but the main components that make up a computer pretty much stay the same. Components can also be refereed to as; hardware or parts. Throughout this website I will explain the various components in a PC computer, and try my best to give you the information you need to better understand how your computer works. Some of this information is considered basic computer knowledge, but there is no better place to start with than with the basics. Knowing this valuable information can help you if you are going to buy, repair, maintain or even build your own computer.

Every computer Consists of the following basic components:
  1. Computer Case - Where all of the components are stored.
    computer case
  2. CPU - It is basically the brain of your computer. The CPU is a used to process everything from basic to complex functions in a computer.
    computer cpu
  3. RAM - RAM is memory that attaches to the motherboard. RAM is hardware used to temporarily store and access data.
    computer ram
  4. Motherboard - A Motherboard is the most important component in a computer system. All of the other hardware in a computer system connect to the motherboard.
    computer motherboard
  5. Power Supply - A Power Supply is the sends power to all of the other hardware so they can operate.
    computer power supply
  6. Hard Drive - A Hard Drive is used for permanently storing files and programs.
    computer hard drive
  7. Disk Drives - Disk Drives can be a floppy drive, CD drive, DVD drive or other possible file storage devices that are used in a computer.
    computer disk drives
  8. Video Card - A Video Card is the part of a computer system that converts binary code from the CPU so you can view it on a monitor.
    computer video card
  9. Monitor - The part of a computer that allows you to see what the computer is processing.
    Computer Components | Monitor
  10. Keyboard - A keyboard allows a computer user to enter text commands into a computer system.
    Computer Components | Keyboard
  11. Mouse - A mouse allows a computer user to use a point and click interface to enter commands.
    Computer Components | Mouse          BINAYA

मेरो परिचय लक्ष्य "बिनय"

नमस्कार,म बिनय सुबेदी मलाई मेरो आफन्त र साथीहरुले चिन्ने नाम लक्षुमन, मेरो घर स्यांग्जा जिल्लाको आरुखर्क गाबिस मा अबस्थित छ,मेरो नजिकको शहर पोखरा हो र हाल म दुबैको आबुधाबीमा कार्यरत छु।सन्.2008 वि.स २०६४ पौस महिनामा यू.ए.ई अर्थात् युनाइटेड अरब इमिरेट्स(दुवै)को आबुधाबी मा मेरो दाजुको मार्फत आउन पुग्दा,यहाको कार्य-कालमा त्यति आर्थिक लाभ उठाउन नसके पनि बौद्धिक रुपमा भने मैले धेरै कुराहरु सिक्न सफल भए।जीवनमा अनेकौ ठक्करहरु खाई,ति दर्दनाक भोगाईहरु,अतितका तिता-मिठा पलहरु अनि कठिन परिस्तिथिहरुको सामना गर्दै आज कैयौ बसन्तहरु पार गरि यहा सम्म आइपुग्दा मलाई ज्ञान भएको छ कि जिबन एउटा लक्ष्य हो,त्यो लक्ष्यसम्म पुग्ने हामि यात्री हौ।यात्रीहरु चल्नको लागि एउटा पथ बनाएको हुन्छ,यदि हामि त्यो पथबाट चल्न जान्यौ भने हामी अबश्य नै आफ्नो लक्ष्यमा पुग्न सक्छौ।यदि हामी life track या न कि जिबनपथमा चल्दा केहि गल्तीहरु गर्यौ भने अबश्य नै त्यहाँ केहि घटनाहरु घटन सक्छन। जिबन एक छ तर मोड दुई छन्,सहज र कठिन यो हामीले तय गर्नु छ कि जिबन सहज मोड तिर लैजाने या कठिन,यस्तै क्रममा जिबनका विभिन्न घटनाक्रमहरुलाई आगल्दै यहाँहरु सामु मेरो पहिलो ब्लग(जिबनको उकाली-ओराली) लिएर उपस्थित भएको छु।यो मेरो सुरुवात भएको हुनाले मलाई थाहा छ यस ब्लगमा धेरै कुराहरु अधुरा,अपुरा छन्। यसमा देखिएका कमिकमजोरी र त्रुटिहरुलाई म सुधार्दै लैजाने छु।त्यसको लागि यहाँहरुको सल्लाह र सुझावको आवश्यकता पर्दछ।धन्यबाद ......

Saturday, November 12, 2011

सपना

सपना एक यस्तो चिज हो जुन दुनियाका कुनै पनि  जिबित मानवले देख्ने गर्छ।जब हामीले कुनै सपना देखिन्छ त्यो सपनाको दुनिया नै अर्कै हुन्छ।न सोचेको,न सम्झेको न कुनै कल्पना नै गरेको  दृश्यहरु, अकस्मात देख्न सकिन्छ।सपना निद्राको बेलामा मात्रै होइन वास्तविक जिबनमा पनि अनौठा सपनाहरु देख्ने गरिन्छ वास्तविक जिबनमा देखिने सपनाको रंग नै बेग्लै किसिमको हुन्छ।जसको हिम्मत र साहस छ अनि जिबनमा  केहि गर्ने अठोट गरेको हुन्छ त्यसले वास्तविक जिबनमा देखेको सपनाको महत्व बुजेको हुन्छ र सपनालाई यथार्थमा परिणत गर्ने कोसिस गर्दछ आखिरमा उसको संघर्षको फल अबस्य नै मिलेको हुन्छ