Wednesday, November 23, 2011

पुनीत विचार


न रोकिनु होस् चल्दै रहनु होस्
न निभ्नुस,बल्दै रहनुहोस्
समुन्द्रको लहरझैँ हरेक क्षण-मचल्दै रहनुहोस
जस्तै समय आए पनि नडराउनु होस्
समय अनुसार आफुलाई बदल्दै रहनुहोस

जिन्दगीमा सम्झनाहरु अवश्य बनाउनु
तर सम्झनाको जिन्दगी कहिल्यै नबनाउनु

के गर्छ माया उसले ईमानसग
के गर्छ माया उसले भगवानसग
जन्म लिएर काखमा मानवको
गर्न सक्दैन माया उसले मानवसग

जसका महलमा जल्दथे हजारौँ रंगका बत्तीहरु
भुइँ झर्न नपाउदै मानिन्थे सबै अर्तिहरू
समयको फेरसगैँ आज फेरिएको छ सबै
छैनन कुनै चिनोहरु,कहाँ पुगे ती बस्तीहरु

खुशीका साथ संसारमा हजारौ पिर-चिन्ताहरू पनि हुन्छन
जहाँ बज्दछन् बाजाहरु त्यहाँ रुवाबासीहरु पनि हुन्छन

संसारलाई सुधार्ने चिन्तामा,नबोक चिन्ताको भार
यो मन नै संसार हो,पहिला यसलाई सुधार
भगवान सग नमाग,तिमी आफुलाई नै सक्षम बनाऊ
तिमि आफै नै सूर्य हौ,अँध्यारोसग नडराऊ

सबै साथी छन् आफ्नै मतलबका,संसारमा तिम्रो कोहि छैन
सुखमा यहाँ सबै साथी छन्, दुख पर्दा तिम्रो कोहि छैन

सबै हाँसीहाँसी आँऊदछन्, जबसम्म चार पैसा गोजीमा छ
सोध्दैनन दुख पर्दा यहाँ, ओहो तिमीलाई कस्तो छ

जिन्दगीको यात्रामा,यहाँ को कसको हुन्छ
जो माथि बिश्वास हुन्छ,उसैबाट धोका हुन्छ

              समर्पण:- श्री पुनीत मुनि जी  "महादेव"

No comments: