Monday, November 14, 2011

सम्बन्ध व्यवस्थापन (Relation Management)

अहिलेको दुनियामा जसले बढी राम्रो सम्बन्ध स्थापित गर्दछ,त्यही मान्छे सफल भएको हामीले देखेका छौ अध्यनमा सर्वोत्क्रिष्ट भएका मानिसहरु पनि समाजमा सम्मानित भएर बाँच्न सकिरहेका  छैनन किनकि तिनीहरुमा समाजमा रहेका अन्य मानिससँग सम्बन्ध स्थापित गर्ने  राम्रो तरिकाको ज्ञानको कमी हुन्छ ।यहाँ मानिसहरुसगँ राम्रो सम्बन्ध स्थापित गर्न ध्यान दिनुपर्ने कुराहरुको चर्चा गरिएको छ । 
(1) सदैब उदार(generous) हुनुहोस। आलोचनाबाट सदैव टाढा रहनुहोस।तपाइले कसैको आलोचना गर्दै नगर्नुस। आलोचना / विरोधको नियम नै छ, विरोध गर्नेलाई भन्दा बिरोध हुनेलाई फाइदा हुन्छ । संसारमा सबैभन्दा बढी विरोध गरिएको पुस्तक बाइबल हो । अहिले संसारकै सबैभन्दा उत्क्रिष्ठ कृतिमा बाइबल पर्दछ । नकारात्मक भावना राख्ने मानिसले अरुको गल्ती, कमीकमजोरी मात्र खोज्दछन। उनीहरुले मानिसको खोइरो खन्छन् कि मानौ उनीहरुले यो काम गरेबापत पुरस्कार पाउन गैरहेका छन्। यिनीहरुले अरुको राम्रो कुरा देख्दा दुखी हुन्छन। उनीहरुले जिन्दगीको ऐनामा सधै चिरा परेको देख्छन। यदि तपाइले कसैको  विरोध गर्ने हो भने पनि निम्न तिन कुरामा ध्यान पुर्याउनुपर्छ
(क) विरोधको लायक  विरोधी :- तपाइँले जस्तोलाई विरोध गर्नुहुन्छ, संसारले तपाइलाई पनि त्यही फिताले नप्द्छ। 
(ख) विरोधको लायक विषय 
(ग) विरोधको लायक परिस्थिति 
वास्तवमा अरुले गर्ने विरोधसगँ खुट्टा नकमाउनुहोस, नडराउनुहोस  बरु विरोधीलाई मानिस चिन्ने सुनौलो अवसरको रुपमा लिनुहोस। विरोधीलाई हेर्ने तरिका बदल्नुहोस। एकजना स्टीम बोट(steem Boat) निर्माण गरिरहेको बखत व्यावसायिक आलोचकहरुले यो डुंगा बन्दै बन्दैन,तिमीले किन दुख गरेको भनेर उक्त मान्छेलाई निरुत्साहित गरेछन्। डुङ्गा चलेर नदीमा हिड्न थालेपछि उनीहरु चिच्चाएछन् कि यो डुङ्गा कहिल्यै रोकिदै रोकिदैन। हाम्रो समाजमा पनि यस्ता मानिसहरुको जमात ठुलै संख्यामा छ। त्यसैले यस्ता मानिसहरुबाट सधै टाढा बस्नु बेस हुन्छ

सहि आलोचना कसरि गर्ने:-
(i)      सहयोग गर्ने मनसायबाट आलोचना गर्नुहोस 
(ii)     सर्बप्रथम वास्तविकतालाई बुझ्नुहोस। आलोचना गर्न हतार नगर्नुहोस 
(iii)    कसैलाई पनि उसको दोष देखाउनुभन्दा ऊ आफू सुध्रने खालका सुधारहरु गर्न सल्लाह दिनुहोस । 
(iv)    उसलाई गल्ती सचाउँदा हुने फाइदा र गल्ती नसच्याउदा हुने हानिको बारेमा बुझाउनुहोस । 
(v)     अरु मानिसलाई आफ्नो गल्तीको सफाई दिने प्रशस्त अवसर दिनुहोस 
(vi)    आलोचना गर्ने समयमा आफ्नो व्यक्तिगत रीस कहिल्यै  नदेखाउनुहोस 
(vii)   आलोचना गर्नु भनेको औषधि दिनु जस्तै हो । औषधीलाई ठिक मात्रामा दिनु वा लिनु ठिक हुन्छ तर धेरै                               दियो भने हानी हुन्छ, थोरैदियो भने पनि लाग्दैन  
        त्यसैले आलोचना आवश्यकता भन्दा धेरै नगर्नुहोस 
(viii)  कामको आलोचना गर्नुहोस नाकि काम गर्नेहरुको 
(ix)   अरुको सेवा र सहयोग गर्नमा कुनै कन्जुस्याई नगर्नुहोस । जीवनमा हामीले अरुलाई के कति गर्न सक्छौ 
        भन्ने कुराले विशेष महत्व राख्छ । प्राय:जसो मानिसले आफ्नो फाइदाका निम्ति जे गर्न पनि पछि पर्दैन 
        तर अरुको हितका निम्ति उसले आफ्नो जीवनको एक सेकेन्ड पनि खर्च गर्दैन 
(x)    इमान्दार हुनुहोस । तपाइको सम्पर्कमा आएका जोसुकैलाई पनि ऊ संसारको सबैभन्दा महत्वपूर्ण व्यक्ति 
        हो भनी व्यवहार गर्नुहोस । तपाईले अरुलाई जस्तो व्यवहार गर्नुहुन्छ, त्यस्तै व्यवहार तपाईले 
        उनिहरुबाट पाउनुहुन्छ । यदि तपाइले अरुलाई सम्मान दिनुहुन्छ भने तपाइले उनीहरुबाट सम्मान नै 
        पाउनुहुन्छ भने घृणा दिए घृणा नै पाउनु हुन्छ 

  • Art of living is knowing art of giving.
  • Happiness depends on what you can give not what you can get 
(xi)  ध्यानी (meditative)बन्नुहोस । ध्यान अरुसँग राम्रो सम्बन्ध स्थापित गर्ने राम्रो उपाय हो भनी   
       सम्झनुहोस ।
(xii)  आफूप्रति सकारात्मक र थोरै,मिठास शब्दहरु बोल्नुहोस । बोल्नुभन्दा अगाडी तपाइको नियन्त्रणमा 
        जिब्रो रहन्छ भने बोलिसकेपछि पछुताउने ढंगबाट नबोल्नुहोस् ।
     

 In life, it takes years for a tree to grow and a minute to cut it down . Similarly,in relationship, it takes years        to build trust and a minute to destroy it.

सुमधर सम्बन्ध स्थापित गर्न सहयोग गर्ने कुराहरु:-
  1. स्वार्थरहीत प्रेम (Selfless love)
  2. विश्वास (Faith,Trust)
  3. सम्मान (Respect)
  4. इमान्दारिता (Honesty)
  5. त्याग (Sacrifice)
  6. भद्रता (Sincerly)
  7. सहमति (Harmony)
  8. मनमा शान्ति (Peace in mind)
  9. सहनशीलता (Tolerance)
  10. सहानुभूति (Sympathy)
  11. समायोजन (Adjustment)
  12. सदभाव (Co-operation)
  13. माफ गर्नु (Forgivencess)
  14. समझदारी (Understanding)

 

No comments: