Wednesday, November 23, 2011

कम्प्युटर भाईरस(Computer virus)


कम्प्युटरको कार्यप्रणाली पूर्णरुपमा कम्प्युटर प्रोग्राम सग निर्भर रहेको हुन्छ,अनेकौ प्रकारका कार्यहरु गर्नको लागि विशेष प्रोग्राम को प्रयोग गरिन्छ, विज्ञानको आविष्कार मानव सभ्यताको लागि वरदान को साथ-साथै कहिले-काहीँ यो अभिशाप पनि बन्न पुगेको छ कुनै पनि ज्ञान-विज्ञानको वरदान या अभिशाप, यसको उपयोग मानव जातीको उत्थानको लागि भएको छ या यसको पतन,नास गर्नको लागि,
कम्प्युटरमा प्राण-प्रतिष्ठा गर्नेवाला प्रोग्राम यदि कुनै दुर्भावनाबाट ग्रसित भयर लेखिएको छ भने यसले हामीलाई लाभको सट्टामा निकै हानी पुराउन सक्छ
कम्प्युटर भाईरस एक यस्तो प्रोग्राम हो जुन कुनै दुर्भावनाबाट ग्रसित भयर बनाइएको हुन्छ,जसको उदेश्य कम्प्युटर एवं यसमा स्थापित महत्वपूर्ण जानकारी को क्षति पुराउने हुन्छ,कम्प्युटर भाईरस मा आफुलाई पुनरावृत्ति गर्ने अनौठो क्षमता हुन्छ यिनीहरु कम्प्युटरको हरेक संचालन क्षेत्रमा प्रवेश गरि खुदको प्रतिलिपि  छोडेर तिनीहरुलाई पनि संक्रमित पारेको हुन्छ,यदि कुनै भाईरस संक्रमित कम्प्युटरमा फ्लापी डिस्क (Floppy drive) या पेन ड्राइव(Pen drive) प्रयोग गर्दा यसमा पनि वायरसले आफ्नो प्रतिलिपि छोडी ग्रसित पारेको हुन्छ, र यिनै डिस्क र यू.एस.वी(U.S.B) ड्राइवहरु अरु कम्प्युटरमा जोड्दा तिनिहरुलाई पनि निश्चित रुपले संक्रमित पारेको हुन्छ आजको जमानामा त ई-मेल,इन्टरनेटको चलनले झनै भाईरस को प्रसार तुरून्त एवं तीव्र गतिमा भइरहेको छ, कम्प्युटर भाईरस, कम्प्युटर संजाल(Computer Network) को सहायता बाट इन्टरनेट संजालमा जोडिएका सबै कम्प्युटरमा सजिलैसग फैलिन्छन्, भाईरस को मुख्य कार्य नै संक्रमण फैलाउनु हो, भाईरसहरु आफ्नो प्रसार गरि नै रहन्छन र केहि समयमा नै संसारभरिका कम्प्युटरमा संक्रमण फैलाएर तिनीहरुलाई नोकसान पुराउने काम गर्छन कम्प्युटर भाईरस कार्य-पद्दति र नोक्सानको आधार मा धेरै प्रकारका हुन्छन , यहाँ मैले केहि (harmful Virus) हरुको व्याख्या गरिरहेको छु  

मुख्य भाईरसहरु यसप्रकार छन् 
·         ट्रोजन होर्स (Trojan Horse)
·         मेलवयर (Malware)
·         एडवयर (Adware)
·         स्पायवयर (Spywarer)
·         कीलगर  (Keylogger)


टोर्जन होर्स: सामान्यतया यो इन्टरनेटमा निशूल्क मिल्ने वाला प्रोग्रामहरु मार्फत फैलिन्छ,यसले जुन कम्प्युटरमा हमला गर्दछ,त्यस कम्प्युटरको संपूर्ण जानकारी गुप्त रुपमा चोरेर, जसले यो प्रोग्रामलाई गुप्त रुपमा स्थापित गरेको छ, त्यस्लाई पठाइदिन्छ। टोर्जन होर्स विभिन्न प्रकार का मुफ्तमा मिल्ने वाला  उपयोगी प्रोग्राम, खेलका प्रोग्राम, कुनै अश्लील बिश्व्जाल को मार्फत,कुनै प्रचलित प्रोग्रामको नक्कली प्रतिलिपि को रुपमा प्रसारित गर्दछ

मेलवयर : मेलवयर Malicious Software को संक्षिप्त रुप हो, यो कम्प्युटरमा स्थापित प्रोग्राम एवं सामग्रीहरु माथि गुप्त रुपले आक्रमण गरि तिनीहरुलाई हानी पुराउने काम गर्दछ। यो नामको भाइरस, इन्टरनेट एवं ई-मेल द्वारा कम्प्युटरमा प्रवेशगरी प्रोग्रामहरुलाई छिन्न-भिन्न पार्दछ

एडवयर : एडवयर ADvertisement Software को संक्षिप्त रुप हो, यो संक्रमित कम्प्युटरमा कुनै उत्पाद विशेष विज्ञानलाई देखाउनको लागि उपयोगमा ल्याइन्छ


 स्पायवयर:स्पायवयर कम्प्युटरमा भयको महत्वपूर्ण जानकारी, उपयोगकर्ता द्वारा इन्टरनेट मा गरेको कार्य एवं उपयोगकर्ताको रुचि,उपयोगकर्ताहरुको व्यक्तिगत जानकारीलाई गोप्य रुपले चोरेर स्पायवयर स्थापित गर्नेवाला व्यक्ति अथवा संस्थालाई पठाइदिन्छ। जसको उपयोग तिनीहरु आफ्नो इच्छा अनुरुप गर्दछन


कीलगर: किलगर, संक्रमित कम्प्युटरमा गरेको हर किस्ट्रोक को जानकारी अर्थात् किबोर्ड द्वारा लेखियको हरेक जानकारी संलग्न गरि जसले किलगर स्थापित गरेको छ त्यसलाई पठाईदिन्छ,यसबाट उपयोगकर्ताको महत्वपूर्ण जानकारी जस्तै: पासवोर्ड,क्रेडिट कार्ड नम्बर ईत्यादी गलत व्यक्ति या संस्था को हातमा पर्ने खतरा बनिरहन्छ
  




                                                                                      धन्यवाद "बिनय"

No comments: