Monday, November 21, 2011

मेरो मन



मेरो साथी मेरो मन,आज मसग नै छैन ,
उडदै छ गगनमा पन्छीसरि मंजिल के हो थाहा छैन
चड्दै छ उकालो, सगरमाथा चुम्नको लागि
 फर्की आउने कैले हो थाहा छैन,
भर्खरै त यहि थियो मेरो मन
क्षणभरमै कहाँ पुग्यो थाहा छैन
पर्खी रहेछु समुन्द्र पारि तर मेरो मन किनारामै अडकी रहेछ,
अहो,कस्तो रहेछ यो मेरो साथी मन,पलभरमै गायब
अब म काँहा खोजु यसलाई,मेरो मन खै काँहा हराईरहेछ 
 मेरो साथी रे यो मन फेरी किन कायरताको बिज उमार्दै छ,
मेरो आत्म रे यो मन फेरी,किन म देखि भाग्दै छ
म धर्तिमा आउदा म सगै आयको थियो रे मेरो मन
तर खै कस्तो हो यो मेरो साथी मन,
सुनेको छु पानी भन्दा पनि पातलो हुन्छ रे यो मन,
हावा भन्दा पनि तेज चल्छ रे यो मन
खै कसरि भयो यो मेरो साथी ,जुन मेरो वसमा नै छैन      

No comments: