Wednesday, December 7, 2011

जोक्स




बहुमत दो 


इन्डियन नेता राहुल गान्धी ले उसको आमा सोनिया गान्धीलाई 
राहुल गान्धी : मम, आपकी बजह से मेरी शादी नही हो पा रही..
सोनिया गान्धी :- क्यूं बेटा ?
राहुल गान्धी :- हर तरफ तो लिखा है की सोनियाको बहुमत दो 




लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।





प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?
प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।




प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?
प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका – रक्सी र तास नि !
प्रेमी – त्यो पनि छोड्छु ।
प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !
प्रेमी – तिमीलाई !
प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?
प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।
प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?
प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !




बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछ, 
क्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?
लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?




एकजना बेरोजगारीलाई कम्प्युटर क्लास को नोकरी मिलेछ,
र उसले एकदम मनलगायर काम गरिरहेको थियो 
एकदिन कलास का सबै घर गइसकेपछि पनि उसले काम गरिरहेको थियो,
यतिकै मा मालिक आएर उसलाई सोध्यो :-अहिले सम्म पनि तिमीले के काम गरिरहेका छौ ?
उसले जवाफ दियो :- सबै कम्प्युटरका किबोर्ड का कि हरु उल्टो पाल्टो लगाइएको थियो तिनीहरुलाई मैले A , B , C  क्रमस लगाउदै छु,   

No comments: