संसार मा शायद कम्प्युटरको नाम नसुनेका पढे-लेखेका व्यक्तिहरु विरलै होलान। प्राय जसो मानिसहरु कम्प्युटरलाई एक यस्तो मेशीन सम्झन्छन,जसले सबै कार्य गर्न सक्छ।यस्तो सोच्नु उचित नहोला,तर कम्प्युटरले छोटो समयमा धेरै कुराहरु गर्न सक्छ ! यसमा कुनै शंका छैन।हामीले देखिरहेका छौ,यसको सकारात्मक कार्यले गर्दा विश्वमा कम्प्युटरको माग दिनो दिन बढ्दै गैरहेको छ।यो शिर्षकमा तपाईहरु जान्नु हुने छ कि वास्तवमा कम्प्युटर भनेको के हो?यसबाट कस्ता प्रकारको कार्यहरु कसरी गराउन सकिन्छ-
सर्बप्रथम,हामीले यो बुझ्नु जरुरी छ कि कम्प्युटर(computer) एक इलेक्ट्रोनिक calculator जस्तै, अर्को एक इलेक्ट्रोनिक मेशीन हो। Calculator मा हामीहरु जोड,घटाउ आदि अंकगणितीय क्रियाहरू गरिन्छ भने कम्प्युटरमा यी क्रियाकलापहरु बाहेक अन्य धेरै किसिमका कार्यहरु सजिलैसग गर्न सकिन्छ। यो क्रियाकलापलाई कम्प्युटरको भाषामा या अंग्रेजीमा डाटा प्रोसेसिंग (Data Processing) भन्ने गरिन्छ। डाटा प्रोसेसिंगलाई बुझ्नको लागि डाटा को मतलब के हो,यो बुझ्नु अति आवश्यक छ।
डाटा (Data)
कुनै वस्तुको बारेमा कुनै तथ्य अथवा जानकारीलाई ‘डाटा’ भनिन्छ । उदाहारण को लागि,हामीसग एक पेन छ यसको बारेमा हामीले धेरै जानकारीहरु दिन सकिन्छ जस्तै,पेनको ब्रान्डको नाम,पेनको रंग,पेनको लम्बाई यसको मूल्य आदि,यस्तै प्रकार कुनै बिधार्थीको बारेमा यी कुराहरु जान्न सकिन्छ- नाम,रोल नं., जन्मतिथि,पिता का नाम,कक्ष, लिएको बिषयको नाम घरको ठेगाना आदि डाटाका उदाहरणहरु हुन्।
डाटा मुख्य दुई प्रकारका हुन्छन- संख्यात्मक (Numeric) तथा चिन्हात्मक (Alpha-Numeric). अंकहरु (digits) बाट बनेको डाटालाई संख्यात्मक जस्तै ०,१,२,३,४,५,६,७,८,तथा ९ यी दश अंकहरु मिलाएर बनायको डाटा लगायत दशमलव(.),धन(+) ऋण (-) आदि लगाएर बनायको डाटालाई संख्यात्मक र अक्षरहरु तथा अंक सहित कुनै पनि चिन्ह प्रयोग गरि बनाएको डाटालाई चिन्हात्मक(Alpha-Numeric) डाटा भनिन्छ।जस्तै घरको ठेगाना,कुनै पुस्तकको शिर्षक,पत्र या लेख,कुनै कम्पनीको नाम आदि, त्यसैले चिन्हात्मक डाटामा जोड,घटाउ आदि गणितीय क्रियाहरू गर्न सकिदैन।तर हामी यसको जाच या तुलना(Comparison) गर्न सकिन्छ।
डाटा प्रोसेसिंग (Data Processing)
कम्प्युटरमा जुन डाटाहरु इनपुट गरि त्यसको संसोधन तथा समायोजन गरिन्छ जस्तै,Numeric Data लाई कम्प्युटरमा इनपुट गरि कुनै प्रोग्रामको सहायताबाट जोड, घटाउ तथा गुणा,भाग गरि हामीले यसको सहि नतिजा निकाल्न सकिन्छ।त्यस्तै Alpha-Numeric data लाई पनि माथि भने जस्तै कम्प्युटरमा इनपुट गरि प्रोग्रामद्वारा सम्पादन गर्नु र आवश्यक परेको खण्डमा पेपरमा प्रकाशित गर्नु, यहि प्रक्रियालाई नै डाटा प्रोसेसिंग भनिन्छ। डाटा प्रोसेसिंग बिना कम्प्युटर, एक कागज र कलम लिएर हातबाट पनि गर्न सकिन्छ तर, आजकल यो क्रियाकलाप हातको तुलनामा कम्प्युटरबाट निकै सहज,छिटो र गुणस्तरीय ढंगबाट हुने भयकाले,यसको सहायता लिने गरिन्छ।कम्प्युटर एक इलेक्ट्रोनिक मेशीन हो त्यसैले यो प्रोसेसिंगलाई इलेक्ट्रोनिक डाटा प्रोसेसिंग(Electronic Data Processing) अथवा संक्षेप मा ई.डी.पी.(E.D.P.) पनि भन्ने गरिन्छ।
कम्प्युटरको महत्व (Imortance of Computers)
आजको जमानामा हरेक मानिसहरु जसले कम्प्युटरको नाम सुनेको छ,त्यसले अवश्य नै यसको महत्व बुझेको छ । ठुला-ठुला कम्पनि अथवा सरकारी अफिसहरु मा डाटा स्टोरको लागि र तिनीहरुको देखभालको लागि कम्प्युटरको प्रयोग त हुन्छ नै,बिजुली,टेलिफोनका बिलहरु बनाउन घरमै बसीबसी बिभीन्न ट्रेभलएजेन्सी हरुसग टिकट बुक गराउनको लागि हवाई टिकटहरु बुक गराउनको लागि,आदि विभिन्न क्षेत्रहरुमा यसको प्रयोग भयको छ। कुनै संघ.सस्था,कम्पनीहरु बाहेक यसको प्रयोग आम जनताहरु को कार्यक्षेत्रमा पनि निकै उपयोगी सावित भयको छ। अहिलेको वर्तमान समयमा लगभग सबै क्षेत्रहरुमा कम्प्युटरको आवश्यकता अनिवार्य भइसकेको छ किनकि कम्प्युटरको प्रयोग द्वारा जीवनमा हाम्रो अमूल्य समयको बचत हुन्छ,साथै कार्य पूर्ण शुद्धता का साथ सम्पन्न हुन्छ।
कम्प्युटर र मानव बिचको सम्बन्ध(Relation between Computer and Human)
कम्प्युटरले गरेको धेरै कार्यहरु देख्दा यसमा पनि बुद्धि छ कि?भन्ने हामीलाई लाग्छ,तर यसमा बुद्धि एउटा सानो झिँगाको जति पनि हुदैन,यसले केवल हामीले दिएको आदेश(Command) को पालना गर्दछ। हामीले यसलाई आदेश मात्रै दियौ भने पनि धेरै कार्यहरु सजिलैसँग गर्न सक्छ,सानो भन्दा सानो काम गराउनको लागि यसलाई आदेश दिनु पर्छ। बिना आदेश यसको केहि गर्ने क्षमता हुदैन,आदेश दिदा यदि हामीले सहि-सहि आदेश दिएका छौ भने काम पनि सहि ढंगले गर्दछ,यदि आदेश गलत दिएका छौ भने काम पनि गलत हुनेछ। कम्प्युटरलाई सहि आदेश दिनु र यसबाट ठुला-ठुला कामहरु गराउनु पनि एक कला हो।
कम्प्युटरले गर्ने कामको तुलना हामी आफैले गर्ने कामको तरिका बाट थाहा पाउन सकिन्छ। हामीहरु हाम्रो कानले सुनेर तथा आखाले देखेर केहि कुराहरु बुझिन्छ,सम्झिन्छ र हाम्रो मस्तिष्कले विचार गरि तिनीहरुलाई याद गरिन्छ,आवश्यक परेको बेलामा त्यसको उत्तर दिन सकिन्छ, अथवा कुनै एक्शन(Action) लिने काम गरिन्छ।कम्प्युटरले पनि लगभग यसै प्रक्रिया अनुसार काम गर्दछ यसले इनपुट यूनिट जस्तै कीबोर्ड,माउस आदिबाट डाटा अथवा आदेश लिन्छ र यसले मेमोरीमा स्टोर गर्छ,प्रोसेसरले आदेशको पालना गरि आउटपुट यूनिट जस्तै-मनिटर,प्रिन्टर,स्पिकर आदि बाट यसको परिणाम दिन्छ । कम्प्युटर र मानव बिच मुख्य अन्तर काम गर्ने गति हो,कम्प्युटरबाट जुन किसिमको काम हुन्छ त्यसको तुलनामा मनिसहरुबाट निकै धिमी गतिमा कार्य हुन्छ।त्यसैले हिसाब-किताबका जुन कामहरु गर्न हामीलाई घँन्टौ लाग्दछ त्यो काम कम्प्युटरले सेकेन्डमा समाप्त गरिदिन्छ।र अर्को अन्तर कम्प्युटर एक मेशिन भयको कारणले न त यसले कुनै थकाई को अनुभव गर्छ न कुनै भोक, त्यसैकारण यसले कुनै पनि कार्यहरु गर्दा एकाग्रताका साथ एउटै गतिमा एकदम शुद्धताका साथ कार्य समापन गर्दछ।
No comments:
Post a Comment